३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी

१४ मंसिर, काठमाडाैँ । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा गुणराज लोहनी नियुक्त भएका छन । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन ।

डा. लोहनी स्वास्थ्य वीमा बोर्डका संस्थापक कार्यकारी निर्देशक हुन । लोहनीकै पहलमा विसं २०७२ चैत २५ मा कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको हो । त्यसपछि उनकै अग्रसरतामा स्वास्थ्य बीमा ऐन मस्यौदा तयार भएको थियो । लोहनी माओवादी निकटका चिकित्सक हुन ।

यसअघि एमाले निकटका डा सेनेन्द्रराज उप्रेतीले गत २४ माघमा स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजिनामा दिएपछि सो पद रिक्त थियो । यतिवेला स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लामा पुगे पनि भद्रगोल अवस्थामा छ । अहिले बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौला निलम्बनमा परेका छन् भने सबै सदस्यहरुले पदबाट राजिनामा दिएको अवस्था छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार १६:२०