पहिलो नेपाली चलचित्र माइतीघरका छायाँकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा निधन
२७ कात्तिक, काठमाडाैँ । पहिलो नेपाली चलचित्र माइतीघरका छायाँकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा निधन भएको छ । शनिबार हृदयाघातका कारण छायाँकार धिमालको निधन भएको हो । काठमाडौं महानगरपालिका–४ महाँकालमा उनको निधन भएको परिवारले बताएको छ ।

धिमालले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गरेका छन् । विसं २००३ मा काठमाडौंको आलापोटमा जन्मिएका धिमाल निधनअघिसम्म पनि नेपाली चलचित्र क्षेत्रको उन्ननयनमा चिन्तन गरिरहेका थिए । स्व धिमालका दुई छोरा र एक छोरी छन् ।
प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार ०९:३०












