१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

११ प्रतिशत लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा

१४ मंसिर, काठमाडौं । नबिल बैंकले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १३ गते ३९औं वार्षिक साधारणसभा बोलाएको हो । सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुने छ।

सभाले बैंकले गत आर्थिक वर्ष २०७९र ०८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ११ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार ११:४१