१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

फर्स्ट माइक्रो फाइनान्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१४ मंसिर, काठमाडौं। फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीले प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार १०:२६