१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

लाभांश पारितका लागि स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

१३ मंसिर, काठमाडाैं। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले साधारणसभा बाेलाएकाे छ । मर्जर र लाभांश पारितको  लागि लघुवित्तले पुस ४ गते आफ्नो २२ औं वार्षिक साधारणसभा बोलाएको हो ।

सभा काठमाडाैंकाे बालुवाटारस्थित अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभाले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफबाट हाल कायम चुक्तापूँजीकाे १२.३५९९ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभामा बोनस सेयरको एजेण्डा पारितसँगै जारी तथा चुक्तापूँजी १ अर्ब ४५ करोड पुर्याउने विशेष प्रस्ताव पेश हुने,एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्नको लागि आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने , लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित  हुनेछ ।

कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयाेजनार्थ मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेकाे छ । यसकाे अर्थ मंसिर २१ गतेसम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीहरूले लाभांश पाउन तथा साधारणसभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार १०:४४