३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

नेकपाका सांसदलार्इ ढुंगा हान्ने उदयपुरका पासाङ दोर्जे शेर्पा बाैद्धबाट पक्राउ

२७ कात्तिक, काठमाडाैँ । नेकपाका सांसदलार्इ ढुंगा हान्ने उदयपुरका पासाङ दोर्जे शेर्पा बाैद्धबाट पक्राउ परेका छन । महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलालको सवार गाडीमा ढुङ्गा प्रहार गर्ने शेर्पालार्इ पक्राउ गरेको हो । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध महाङ्काल पानीट्याङ्की नजिक सडकमा बा१९च ४९८ नंको गाडीमा हिँडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता पूजा सिंहले सांसद दुलाल गाडीमा हिँडिरहेको अवस्थामा शेर्पाले ढुङ्गा प्रहार गरेकाले पक्राउ गरिएको बताइन । ढुङ्गा प्रहारबाट सांसद सवार गाडीको अगाडिको सिसा चर्केको छ भने सँगै रहेको बा३च ९७१९ नंको गाडीको अगाडिको सिसासमेत फुटेको छ । प्रहरीले शेर्पासँगै बा४४प २७७१ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रवक्ता सिंहले जानकारी दिइन ।

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार ०९:०४