एभरेष्ट बैंकले सार्वजनिक गर्यो ५ वित्तीय चेतनामूलक भिडियो
१२ मंसिर, काठमाडौं। एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ ।जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ वटा श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने उक्त कम्पनीका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले जानकारी दिएका छन् ।
उक्त भिडियोहरुमा मोबाइल बैंकिङको प्रयोग, धारा–बत्ती तथा स्कूलकोबिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजस्व भुक्तानी तरिका र क्यूआर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास लिएको बैंकले जनाएको छ ।
साथै कम्पनीले नेशनल बैंकिङ इन्स्टिच्युटसँगको सहकार्यमा सात वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारी समेत दिएको छ।
प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १३:३४