३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ अपडेट

१२ मंसिर, काठमाडौं। हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म करिब ५० प्रतिशतभन्दा बढीको आवेदन परेको छ । कम्पनीले गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि  कुल ३० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । सिडीएसीका अनुसार कम्पनीको आईपीओमा सोमबारसम्ममा १९ हजार २९८ जना आवेदकले ३५ करोड ६० लाख ६६ हजार रूपैयाँ बढीको १७ लाख २८ हजार ४९८ कित्ता सेयर खरीदका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको थियो । उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि  मंसिर १८ गतेसम्म आवेदन दिन पाउनेछन् ।

प्रकाशित मिति : 09:29