१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

११ मंसिर, काठमाडौं । साताको दोसो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ११.२७ अंकले घटेर एक हजार ८ सय ९६ दशमलब ६७ विन्दुमा बन्द भएको छ । सेयर बजारमा गिरावट आएसँगै आज कारोबार रकम पनि घटेको छ ।  आज एक अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज  अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । त्यस्तै, आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन सोनापुर मिनिरल्स सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार १५:१३