३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

सर्वोत्तम सिमेन्टमा कट अफ मूल्य ४०१, सर्वसाधारणले प्रतिकित्ता कति तिर्नुपर्छ ?

११ मंसिर, काठमाडाैं। नेपालमै पहिलो पटक बुक बिल्डिङमार्फत् सेयर निष्कासन गरिएको सर्वोत्तम सिमेन्टको आईपीओमा ३६ लाख कित्ता सेयरका लागि आवेदन परेको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार सोमबार बिहान खोलिएको बोलपत्रमा ४१ वटा योग्य संस्थागत लगानीकर्तारूले ३६ लाख १९ हजार १९० कित्ता सेयरका लागि आवेदन दिएका छन् । बोलपत्र पेश गरेका संस्थागत लगानीकर्ताहरू मध्ये सबैभन्दा बढी मूल्य प्रतिकित्ता ४०६ रुपैयाँसम्म परेको नेप्सेले जनाएकाे छ  ।

कट अफ मूल्य ४०१ रुपैयाँ निर्धारण भएमा सर्वसाधारणलाई प्रतिकित्ता ३६१ रुपैयाँमा आईपीओ निष्काशन गरिने सम्भावना रहेकाे स्राेतले जनाएकाे छ । संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कायम भएको कट अफ मूल्यबाट १० प्रतिशत घटाएर सर्वसाधारणलाई आईपीओ जारी गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । त्यसैले, अब सर्वोत्तम सिमेन्टको आईपीओ सर्वसाधारणलाई प्रतिकित्ता करिब ३६१ रुपैयाँमा जारी हुनेछ ।

कम्पनीले मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरूका लागि आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्काशन गरेकाे थियाे । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयरको बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म तोकिएको थियो ।

प्रकाशित मिति : 11:55