नेपाल वेयर हाउजिङ कम्पनीको सेयरमा कति पर्यो आवेदन ? यस्तो छ अपडेट
११ मंसिर, काठमाडौं। नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले आइतबारबाट सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा मागभन्दा तीन गुणा बढी आवेदन परेको हो ।
सीडीएसीको अनुसार आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ३ लाख १७ हजार ३८६ आबेदकहरुबाट ३४ करोड ८५ लाख ६७ हजार रूपैयाँ बराबरको ३४ लाख ८५ हजार ६७० कित्ता सेयर माग भएको छ । जुन मागभन्दा तीन गुणा बढी आवेदन हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ । त्यसैगरी, कम्पनीले कुल निष्कासनको २ प्रतिशत अर्थात् २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
कम्पनीले बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : 09:14









