२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

पेशागत तालिमका लागि दुई सय जनालाई छात्रवृत्ति, आवेदन खुला (फारमसहित)


१ चैत, काठमाडौँ । वैदेशिक रोजगार प्रवर्दन बोर्डले पाँच वटा विधामा एक वर्षे पेशागत तालिमका लागि दुई सय जनालाई छात्रवृत्ति दिने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)सँग समन्वय गरी बोर्डले वेल्डर, कुक, मोटरसाइकल मेकानिक्स, प्लम्बर र आल्मुनियम कार्पेन्टर गरी पाँच विधामा छात्रवृत्ति दिने निर्णय गरेको हो ।

बोर्डका अनुसार चालू आर्थिक वर्षमा दुई सय जनाले छात्रवृत्ति पाउने छन् । प्रत्येक विधामा ४० जनाले छात्रवृत्ति पाउने गरी व्यवस्था मिलाइएको छ ।

बोर्डले वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएका वा अंगभंग तथा गम्भीर विरामी भई बोर्डबाट शतप्रतिशत आर्थिक सहायता पाएका कामदारको परिवारका सदस्यलाई छात्रवृत्ति उपलब्ध गराइने बताएको छ । फारम यहाँ क्लिक गरेर भर्न सक्नुहुन्छ ।

अावेदन फारम

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार ११:१९