११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

नेप्सेमा दुई बैंकको बोनस सेयरमा मूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?

१० मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार दुई बैंकको मूल्य समायोजन भएको छ । नेप्सेमा आइतबार सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मूल्य समायोजन भएको हो ।

नेप्सेले सांग्रिला डेभलपमेन्ट बैकको ५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २८० रूपैयाँ ९५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २९५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैकको १०.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३५२ रूपैयाँ ९४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब सोमबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १६:१२