१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमाले सचिव याेगेश भट्टराई चढेकाे गाडी तोडफोड

१० मंसिर, ताप्लेजुङ । एमाले सचिव एवं सांसद योगेश भट्टराई चढेकाे गाडी तोडफोड भएको छ । पहिचान पक्षधरले ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै भट्टराई चढेकाे गाडी तोडफोड गरेका हुन् ।

उनिहरूले भट्टराई चढेकाे गाडीमा ढुंगा र लाठीले हानेका थिए । आक्रमणकारीले हानेको ढुंगा भट्टराई चढेकाे गाडीको अगाडिको भागमा लागेको छ । सिसाहरु छरपस्ट भए पनि मान्छे भने घाइते नभएको एमालेले जनाएको छ ।

भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरु उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले दसैं, तिहार, छठ, नेपाल सम्वत् जस्ता चाडपर्वको अवसरमा चियापान कार्यक्रम आयोजना गरेका थिए । दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा भएको चियापान सकेर फर्कने क्रममा गाडीमा आक्रमण भएको हाे ।

कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने सांसदहरूलाई पहिचानवादीहरूले विरोध गर्दै आएका छन्। कोशी प्रदेश लेखिएको ब्यानरसहित सांसदहरूलाई उपस्थित गराएर कार्यक्रम नगर्न पहिचानवादीहरूले चेतावनी दिने गरेका छन्।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १७:३८