११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

सोनापुर मिनरल्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

१० मंसिर, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.७५ अकंले बढेर १९०७.९५ बिन्दुमा बन्द भएकोछ । आज २९४ कम्पनीको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा सुधार आउँदा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ११ करोड ६६ लाख ६७ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५६ लाख ९४ हजार रुपैयाँ, नबिल बैंकको ७ करोड ३७ लाख १२ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको ६ करोड ३४ लाख ८६ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ९८ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १५:२७