सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकम दुई अर्ब नाघ्यो
१० मंसिर, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.७५ अकंले बढेर १९०७.९५ बिन्दुमा बन्द भएकोछ । आज २९४ कम्पनीको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार १३ उपसूचक नै हरियाली भएका छन् । आज सेयर बजारमा सुधार आउँदा छ्याङदी हाइड्रोपावर, भगवती हाइड्रोपावर र विजय लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । आज इन्फिनिटी लघुवित्त वित्तीय संस्था, एनएमबी सुलभ इनभेस्टमेन्ट फण्ड २, आशा लघुवित्त वित्तीय संस्था र आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ ।
प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १५:१९












