काठमाडौंको नयाँ बसपार्कमा शंकास्पद वस्तु भेटियो
२६ कात्तिक, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा शंकास्पद वस्तु भेटिएको छ । सोमबार दिउँसो होटल पूर्वेली गेस्ट हाउसको एक कोठामा शंकास्पद वस्तु भेटिएको हो । त्यस गेस्ट हाउसमा केही पर्चा पनि भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी होमिन्द्र बोगटीले जानकारी दिएका छन् ।

होक्स होकी भन्ने अनुमान रहेकाे र अनुसन्धान भैरहेकाे बोगटीले जानकारी दिएका छन् । प्रहरीले घटनलाई नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग जोडेर हेरेको छ । तर पुष्टि भइनसकेको प्रहरीले बताएकाे छ ।
प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार १८:१०












