४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

१० मंसिर, काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आगामी मंसिर १८ गते २४औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा बिहान १० बजेबाट सुरु हुने छ। सभाले आर्थिक वर्ष २०७८/७९ को वर्षिक प्रतिवेदन उपर छलफल तथा आव २०७९र८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने भएको छ। यसको अर्थ मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयधनीले सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १२:२४