१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

कहिलेसम्म कायम सेयरधनीले किन्न पाउँछन् घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद ?

१० मंसिर, काठमाडौं। घलेम्दी हाइड्रो लिमिटेडले आज मंसिर १० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको १ः२ को अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो। यसको अर्थ कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ। हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार ११:५३