१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एनआईसी एशिया लघुवित्तले घोषणा गर्यो लाभांश, बोलायो साधारणसभा

१० मंसिर, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कम्पनीको गत मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । यसैगरी, सोही बैठकले कम्पनीको साधारणसभा पुस ६ गते धरान उपमहानगरपालिका १२ स्थित होटल गोरखामा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १०:५६