१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

हिमालयन लघुवित्तले यो वर्ष लाभांश वितरण नगर्ने, सेयरधनीकाे हात खालि !

१० मंसिर, काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा नगर्ने भएको छ । कम्पनीको मंसिर ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्दै लाभांश वितरण नगर्ने  निर्णय गरेको हो । यो आर्थिक बर्षमा सेयरधनीको हात खालि हुने भएको छ ।

साथै, सो बैठकले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु लगायत लेखा सम्बन्धी नीति तथा टिप्पणीहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने तथा राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा पारित र स्वीकृतको लागि पेश गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १०:४४