२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

नेपाल इन्स्योरेन्सले घोषणा गर्याे लाभांश, बोनस र नगद लाभांश कति ?

१० मंसिर, काठमाडौं। नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ।

कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १०:१२