ठूलो खोला हाइड्रोपावरले बोलायो साधारणसभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव
८ मंसिर, काठमाडौँ । ठूलो खोला हाइड्रोपावरले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आगामी मंसिर २९ गते काठमाडाैं महानगरपालिका-२२ खिचापोखरीमा बिहान ११ बजे सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन माथि छलफल गर्ने तथा चालू आवको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यस्तै, सभाले आईपीअो निष्कासनको लागि आवश्यक प्रक्रिया अगाढि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । यसका साथै सभाले अन्य परियोजनाहरुमा लगानी गर्ने लगायतका सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रकाशित मिति : 11:28









