हिमालयन रि इन्स्योरेन्सको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?
८ मंसिर, काठमाडौं। हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने क्रम निरन्तर बढी रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा बिहीबारसम्ममा १३ हजार २९१ जना आवेदकले २२ करोड ९३ लाख बढीको ११ लाख ६१ हजार ८१० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउने छन् ।
कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताहरूले मंसिर १८ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : 10:25









