उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँडः कतिले पाए सेयर ? यसरी हेर्नुहोस् नतिजा
८ मंसिर, काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ आज मंसिर ८ गते शुक्रबार बाँडफाँड भएको छ । कम्पनीले गत कात्तिक २१ देखि कात्तिक २४ गतेसम्म निष्कासन गरेको एफपीओ आज बाँडफाँड भएको हो ।
कम्पनीको एफपीओमा कुल १० लाख ७२ हजार ७ सय ६८ जनाको आवेदन परेको थियो । जसमध्ये १० लाख ७२ हजार ४४३ आवेदन स्वीकृत भएको छ भने ३२५ आवेदन रद्द भएको छ। कम्पनीको एफपीओमा माग भन्दा बढी आवेदन परेको कारण गोलाप्रथाबाट बाँडफाँड भएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १७ हजार ८४५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । सोमध्ये भाग्यमानी १ जनाले थप एक कित्ता गरी ११ कित्ता सेयर पाएका छन् ।
कम्पनीकाे एफपीओ नतिजा केहि समयपछि प्रकाशन हुनेछ । एफपीओ नतिजा प्रकाशन भएपछि बिक्री बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट www.siddharthacapital.com सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार ०९:५०












