२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

घोडाघोडीका मेयर ममता चाैधरीलाई गोली हान्ने चार जना पक्राउ


१ चैत, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई गोली हान्ने चार जना पक्राउ परेका छन । पक्राउ परेका चारै जनालाई प्रहरीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनगढीले पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार पक्राउ पर्नेमा घोडाघोडी–१ का ४० वर्षीय कमल क्षेत्री, घोडाघोडी–९ का ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका–८ का ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका–१ का ३० वर्षीय हृदयराज बोगटी रहेका छन ।

पक्राउ परेकाले फागुन २८ गते राति मेयर चौधरीलाई खुकुरी र गोली हानेका थिए । खुकुरीले टाउकोमा र कम्मर मुनिको भागमा गोली लागेर गम्भीर घाइते भएका चौधरीको काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १०:४५