२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईंका समर्थकबीच बल्खुमा झडप

७ मंसिर, काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समुहकाे प्रदर्शनस्थल बल्खुमा ढुंगा हानाहान भएकाे छ । बल्खु चोकमा युवा संघका कार्यकर्ता र प्रसाईं पक्षबीच ढुंगा हानाहान भएको हाे। कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो ।

उनीहरूले गरेकाे तोडफोडका कारण बल्खु क्षेत्र आसपासमा केही क्षति भएकाे छ। यद्दपी हाल भने प्रहरीले स्थिति नियन्त्रणमा लिइसकेको छ ।काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रसाई पक्षलाई बल्खुमा कार्यक्रम गर्न दिएको थियो भने युवा संघलाई भने तीनकुनेमा दिएको थियाे ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १३:४८