२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

स्वीट्जरल्याण्ड सरकारले दिने ६५ करोड रुपैयाँ अनुदान रकम स्वीकृत

७ मंसिर, काठमाडाैं । सरकारले स्वीजरल्याण्ड सरकारबाट प्राप्त ६५ करोड अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने करिव ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसैगरी बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको माग बमोजिम प्राविधिकसहितका चार जनशक्ति थप गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १३:२९