२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

६ मंसिर, काठमाडौं । नागार्जुन नगरपालिले भोलि मंसिर ७ गते सार्वजनिक बिदा दिएको छ । मंसिर १ गते बसेको नगर कार्यपालिकाको बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

हरिबोधनी एकादशीको दिन नगरपालिकाको वडा नं ३ मा रहेको कान्छा नारायाणको नामले परिचित इचङ्गुनारायण मन्दिरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाबाट प्रकाशित सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १६:२१