१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विन नेपाल लघुवित्तको सीईओमा जीवन खनाल नियुक्त

६ मंसिर, काठमाडाैं। विन नेपाल लघुवित्त वित्तीय संस्थाकाे प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा जीवन खनाल नियुक्त भएका छन् । कम्पनीको गत असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षे कार्यकालको लागि सीईओ पदमा नियुक्त गरेको हो ।

खुला प्रतिष्पर्धाबाट छनोट भएका खनालले मंसिर ५ गतेदेखि कार्यभार सम्हालेका छन् । यसअघि उनी स्वस्तिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृत थिए । खनालसँग सिभिल लघुवित्त, स्वदेशी लघुवित्त, स्वस्तिक लघुवित्त लगायतका संस्थामा काम गरेको अनुभव छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १२:०६