२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

सरकार र निजी क्षेत्रबीच आर्थिक सुधारबारे सिंहदरबारमा छलफल जारी

५ मंसिर, काठमाडौं । सरकार र निजी क्षेत्रबीच नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी दिशाको बारे सिंहदरबारमा छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारको विषयमा छलफल गर्न आज निजी क्षेत्रका प्रतिनिधि लगायतलाई बोलाएका थिए ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी, केही अर्थविद्‌हरू एवम्‌ निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधिहरू उपस्थित छन्‌ ।

आर्थिक अवस्था संकटोन्मुख भएपछि प्रधानमन्त्रीले सोमबार बालुवाटारमा बैठक बोलाएका थिए । बैठकले निजी क्षेत्रसँग अर्थतन्त्र सुधारबारे छलफल गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १५:१६