२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

माइतीघर-नयाँ बानेश्वर निषेधित क्षेत्र घोषणाविरूद्ध सर्वोच्चमा रिट

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । मंगलबार अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा काठमाडौं प्रशासनको निर्णयविरूद्ध रिट दर्ता गरेका हुन् ।

सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार विज्ञप्ति जारी गरेर माइतीघर-नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकिएको उल्लेख गरेको थियो।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १४:५७