२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

१५८० प्रतिशत लाभांश पारित गर्न युनिलिभरले बोलायो साधारणसभा

५ मंसिर, काठमाडाैं। युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको हाे । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

प्रस्तावित लाभांश कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो। कम्पनीले लाभांश वितरण प्रयोजनार्थ मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार ११:४५