कहिलेसम्म कायम सेयरधनीले पाउछन् ग्लोबल आइएमई बैंकको लाभांश ?
४ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंकले मंसिर २८ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । यसको अर्थ मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्रै बैंकले तोकेको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।
बैंकले गत आवको नाफाबाट १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांश गरी ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको मंसिर २८ गते बस्ने सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीले पाउनेछन् ।
प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १३:०३