६ वटा संवैधानिक अायोगमा सहसचिवलार्इ सचिव बनाएर पठाइयो, कुनमा को ? (सूचीसहित)
२५ कात्तिक, काठमाडाैँ । सरकारले ६ वटा संवैधानिक अायोगमा सहसचिवहरूलार्इ सचिव बनाएर पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको संविधानले व्यवस्था गरेको ६ आयोगका लागि सचिव पठाउने निर्णय गरेको हो । मन्त्रालयको cfOTaf/बसेको मन्त्रिस्तरीय बैठकको निर्णयबाट राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, मधेशी आयोग, आदिवासी जनजाति आयोग र थारू आयोगमा सहसचिवलार्इ सचिवको जिम्मेवारीमा पठाउने निर्णय भएको मान्त्रालयका प्रवक्ता एवं सहसचिव सुरेश अधिकारीले दैनिकीलार्इ जानकारी दिए ।

प्रवक्ता अधिकारीका अनुसार जिम्मेवारी पाउने सहसचिवको सूची यस्तो रहेको छ
राष्ट्रिय दलित आयोगको सचिवमा पुरुषोत्तम नेपाल
राष्ट्रिय समावेशी आयोगको सचिवमा सुरेश अधिकारी
मुस्लिम आयोगको सचिवमा केदारप्रसाद पनेरु
मधेसी आयोगको सचिवमा भूपाल बराल
आदिवासी जनजाति आयोगको सचिवमा रुद्रसिंह तामाङ
र थारू आयोगको सचिवमा रुपनारायण भट्टराई

प्रकाशित मिति : २५ कार्तिक २०७५, आईतवार २१:२३












