२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

सर्वोच्चको वेवसाइटबाट पनि पराजुलीको विदाइ, कामु प्रधानन्यायाधीशमा जोशी


१ चैत, काठमाडौँ । न्यायपरिषद्का सचिवले पत्र मार्फत पदमुक्त गरेका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सर्वोच्च प्रशासनले वेवसाइटबाट पनि विदा गरेको छ । बिहीबार बिहान वेवसाइटमा अपेडेट गरी सर्वोच्च प्रशासनले दीपकराज जोशीलाई कामु प्रधानन्ययाधीश भएको उल्लेख गरेको छ ।

योसँगै सर्वोच्च प्रशासनले गोपाल पराजुलीलाई औपचारिक रुपमा विदाइ गर्ने देखिएको छ । यसअघि पराजुलीले न्यायपरिषद्का सचिव नृपध्वज निरौलाको पत्रलाई असंबैधानिक भन्दै अस्वीकार गर्ने जनाएका थिए । र उनले आज पनि नियमित रुपमा सर्वोच्च अदालतमा गएर कार्यसम्मापदन गर्ने दाबी गरेका छन ।

न्यायपरिषद्को सात महिना अघि नै पराजुली अवकाश भएको पत्रपछि आफू स्वतः कामु प्रधानन्याधीश भएको दाबी गर्ने दीपकराज जोशीले अाज पेशी पनि ताेकेका छन ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार ०९:४९