६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

३ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  स्थिर रहँदै छापावाला सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यसैगरी, यो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार ११:२०