३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

वनभोज खाएर फर्कदै गरेका मानिस चढेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु, ३५ जना घाइते

२५ कात्तिक, उदयपुर । उदयपुरमा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उदयपुरको वेलका नगरपालिका ८ रंगकमलमा ट्याक्टर दुर्घटना भएको हो ।

उदयपुर र सुनसरीको सिमाना कोशी पुलमा वनभोज खाएर फर्कर्दै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३५ जना घाइते भएको  लाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक नवीन सिंहले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा १९ वर्षकी विनिता चौधरी, २० वर्षका इन्द्र चौधरी र २० वर्षका दीपिका चौधरी रहेका छन ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेका सबै वेलका नगरपालिका २ भागलपुरका स्थानीय हुन् । घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । तीब्र गतिका कारण दुर्घटना भएकोत्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आईतवार १९:४५