लाभांश पारितका लागि ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा
१ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकको वार्षिक साधारणसभा मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले प्रस्तावित १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश पारित गर्नेछ ।
साथै, सभाले संस्थापकबाट तीन र सर्वसाधारणबाट तीन जना नयाँ सञ्चालक चयन गर्ने, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ मंसिर १२ गतेसम्म कायम सेयरधनीले सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ११:४३