१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

६ लघुवित्तले घोषणा गरे लाभांश, कुनको बोनस र नगद कति ?

१ मंसिर काठमाडौं। अहिले लाभांशको सिजन सुरू भइरहेको छ । धमाधम कम्पनीहरूले सेयरधनीका लागि वितरण गर्ने लाभांश प्रस्ताव गरिरहेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल ५५ ओटा लघुवित्त वित्तीय संस्था सूचीकृत छन् । यसमध्ये हालसम्ममा ६ लघुवित्त कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । यी कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्ने कम्पनीहरूमा स्वावलम्बन लघुवित्त, एनआईसी एशिया लघुवित्त, युनिक नेपाल लघुवित्त, धौलागिरी लघुवित्त, सपोर्ट लघुवित्त र आरएसडिसी लघुवित्त वित्तीय संस्था रहेका छन् । यो अवधिमा लाभांश घोषणा गर्ने कम्पनीहरूमध्ये पनि युनिक नेपाल लघुवित्तले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ ।

कम्पनीले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ । यसैगरी धौलागिरी लघुवित्तले गत आवको मुनाफाबाट सेयरनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, सपोर्ट लघुवित्तले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।स्वावलम्बन लघुवित्तले १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।त्यसैगरी, एनआईसी एशिया लघुवित्तले गत आवको मुनाफाबाट सेयरधनीलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै आरएसडिसी लघुवित्तले गत आवको नाफाबाट ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ०९:१६