२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

तिहारमा मुलुकभर शान्तिसुरक्षा सामान्य

३० कात्तिक, काठमाडौँ । नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन् । “समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रह्यो ।

छिठफुट घटना भए पनि विगतका जस्तो ठूलो ‘ग्याङ फाइट’ भएको छैन । सडक दुर्घटना चाँही केही बढेको अनुमान गरिएको छ, केही दिनभित्रै त्यसको यकिन तथ्याङक सार्वजनिक गरिनेछ”, उनले भने । तिहारको समयमा देशभर सडक दुर्घटना बढेको प्रहरीको अनुमान छ ।

दीपावलीमा केही ठूला आगलागीका घटना पनि भएका छन् । विगतका वर्षमा भन्दा यसवर्ष बढी जुवा तास खेल्ने पक्राउ परेका छन् । प्रवक्ता कडायतले तिहार आजसम्मै भएको र देशभरबाट तथ्याङक सङ्कलनको कार्य भइरहेकाले एक÷दुई दिनभित्रै तिहारको घटनाको विवरण आउने अपेक्षा गरे । 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार १४:४५