२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_____________
#दैनिक_राशिफल

कार्तिक २९ बुधबार

मेष :- कार्यसम्पादनको जोस जाँगरमा न्यूनता आउने साथै अन्तिममा कार्य बिग्रने सम्भावना उच्च ।

वृष :- आशा गरेको व्यक्ति वा स्थानबाट राम्रो साथ सहयोग प्राप्त हुने साथै कला साहित्यका क्षेत्रमा अभिरुचि बढ्ने ।

मिथुन :- विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइने तथा घरमा नवीन चहलपहल छाउने ।

कर्कट :- आफन्तजन इष्टमित्रबाट राम्रो साथ सहयोग प्राप्त भएतापनि शेयर, चिट्ठा जस्ता क्षेत्रमा गरेको लगानीले शुभ फल नदिने ।

सिंह :- वादविवाद, झैझगडाको दलदलमा फसिने साथै स्वअधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने ।

कन्या :- सामाजिक कार्य जिम्मेवारीमा सफलता मिल्नुका साथै धार्मिक कार्यमा मन जाने ।

तुला :- बोलीको उच्च प्रभाव बढ्ने तथा शुभ कर्मको चर्चा यत्रतत्र चल्ने ।

वृश्चिक :- कुनै सभा समारोहमा सहभागी हुने मौका जुर्नुका साथै नयाँ ज्ञान सिक्ने अवसर जुट्ने ।

धनु :- आफू कमजोर महसुस हुने, हीनताबोध हुने साथै लगनशीलतामा समेत कमी आउने ।

मकर :- सही समयमा गरेको सही निर्णयले फाइदा दिने तथा नाम र दाम कमाउने शुभ योग ।

कुम्भ :- विपरीत लिङ्गी व्यक्तिबाट साथ , सहयोग तथा हौसला प्राप्त साथै रोजगारीका नयाँ अवसर समेत जुट्ने ।

मीन :- लामो समयदेखि रोकिएका कार्य सुचारु हुने साथै नयाँ नयाँ योजनाहरु निर्माण हुने ।

शुभ दिन !

© ज्यो. सूर्य पौडेल
________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार ०७:४४