२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

अस्थायी आवास बनाउन भूकम्प पीडितलाई ५० हजार दिने मन्त्रिपरिषदको निर्णय

२७ कात्तिक, काठमाडौं । सरकारले भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ दिने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

भूकम्पका कारण आवासको पूर्ण क्षति भएका र आंशिक क्षति भए तापनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि प्रति परिवार ५० हजार उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार १३:४६