२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

भूकम्पपीडितलाई गोल्डस्टारले गर्यो ३५ लाख बराबरको सहयोग

२६ कात्तिक, काठमाडौँ । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । कम्पनीले पीडितहरुका लागि रू ३५ लाख ६८ हजार एक सय ५० बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक विदुषी राणाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई थप सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आईतवार १४:४७