१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

सेल्सबेरीले वार्षिकोत्सवको अवसरमा ल्यायो ३० प्रतिशतसम्म छुट अफर

२६ कात्तिक, काठमाडाैं। सेल्सबेरी डिपार्टमेन्ट स्टोरले सेवा सुरु गरेको ३०औं वर्षको अवसरमा हरेक सामान खरिदमा आकर्षक छुट दिने अफर ल्याएको छ ।

उक्त अवसरमा सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको बताएको छ। यो अफर शनिबार र आइतबार लागू हुनेछ । खाद्यान्नलगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट–बहारको अफर ल्याइएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार यो छुट काठमाण्डौ र पोखराका सम्पूर्ण शाखाहरूमा उपलब्ध हुनेछ । साथै ५ हजार रुपैयाँभन्दा माथिको हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आईतवार १०:५८