राजनीतिक दलको अाडमा जागिर खाने प्रवृति त्याग्न शिक्षकहरूलार्इ शिक्षामन्त्री पोखरेलको अाग्रह
२५ कात्तिक, काठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राजनीतिक दलको अाडमा जागिर खाने प्रवृति त्याग्न शिक्षकहरूलार्इ अाग्रह गरेका छन । शनिबार महोत्तरीको बर्दिवास–६ किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षकहरूले राजनीतिक दलसँग आफूलाई जोडेर जागिर जोगाउने मनोवृत्ति त्याग्नुपर्ने बताए ।
मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा हुँदै आएको राजनीतिक खिचातानीले पठनपाठन अस्तव्यस्त बनाएको पनि बताए । उनले भने ‘हाम्रा सामुदायिक विद्यालय राजनीतिक दल र मर्यादित हुनपर्ने शिक्षण पेशामा संलग्नहरूका लागि राजनीति गर्ने थलो बनेका छन् ।’ मन्त्री पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको पनि बताए ।
उनले मुलुकमा सीपमूलक र व्यावसायिक शिक्षालाई प्रवद्र्धन र विकासका लागि अब माध्यमिक तहदेखि उच्च तहसम्म पठनपाठन गराइने गरी यसअघि प्रयोगमा रहेका व्यावसायिक विषयबाहेक जडीबुटी, आयुर्वेद, योग र प्राकृतिक चिकित्सासहितका विषय समावेश गराइएको बताए ।
प्रकाशित मिति : २५ कार्तिक २०७५, आईतवार १०:०५