१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कृषि विकास बैंकद्वारा जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग

२६ कात्तिक, काठमाडाैं। कृषि विकास बैंकले जाजरकोट भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भूकम्पपछिको खोज, उद्धार र राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो ।

उक्त चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्यद्वय ध्रुव पौडेल र सरोज महतको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आईतवार ०९:१६