१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

२४ कात्तिक,काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दुई कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा मल्टिप्रपोज फाइनान्स र अपी पावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हाे ।

नेप्सेमा मल्टिप्रपोज फाइनान्सको ३५ प्रतिशत हकप्रद बापतको १५ लाख ८२ हजार कित्ता सेयर सूचीकृत भएको हो । त्यसैगरी, अपी पावर कम्पनीको ४० प्रतिशत हकप्रद बापतको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता सेयर सूचिकृत भएको छ । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार १३:३४