१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज बीच सहकार्य गर्ने समझदारी

२४ कात्तिक, काठमाडाैं। प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज बीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज अन्तरगत व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस सम्बन्धि बिषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापनसहित पूँजीबजारको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा ती दुई पक्ष बीच बिहीबार सम्झौता भएको हो ।

उक्त सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका सञ्चालक अभिषेक के. कार्कीले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा प्रभु क्यापिटलको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका कार्यक्रम संयोजक ऋकिता श्रेष्ठेको समेत उपस्थिति थियो ।

सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजीबजार सम्बन्धी सामान्य, आधारभुत तथा प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान तथा तालिमहरु प्रदान गर्ने छ ।त्यसैगरि,क्यापिटलले व्यवहारिक ज्ञान प्रदान गर्न विद्यार्थीहरुलाई इन्टर्नशिपको पनि अवसर प्रदान गर्ने छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार १२:५३