१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

थप दुई कम्पनीले घोषणा गरे लाभांश, कुनको नगद कति ?

२३ कात्तिक, काठमाडाैं । दुई कम्पनीले लाभांश घोषणा गरेका छन् । आज  थप  दुई कम्पनीले  आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । बोटलर्स नेपाल (तराई) लिमिटेड र मितेरी डेभलपमेन्ट बैंकले उक्त बर्षका लागि सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाइ प्रतिसेयर ६० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकले हाल कायम चुक्तापूँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १६:५३